बिमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाई नियुक्त
Post Date : January 3, 2017 | 1:51 pm

काठमाडौँ, १९ पुस । सरकारले बिमा समितिको अध्यक्षमा चिरञ्जीवी चापागाईलाई आगामी ४ वर्षका लागि नियुक्त गरेको छ ।
चापागाई नेपाल राष्ट्र बैंक, पोखरा शाखा निर्देशकका रुपमा कार्यरत छन् । २०४५ सालमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका चापागाईले पोखरास्थित पृथ्वीनारायण क्याम्पसबाट व्यवस्थापन विषयमा स्नाकोत्तर तह उत्तीर्ण गरेका छन् ।