बुम रेमिट र फेवा विकास बैंकबीच सम्झौता
Post Date : March 31, 2017 | 11:25 am

काठमाडौँ, १८ चैत । बुम रेमिट्यान्स प्रा.लि. र फेवा विकास बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बुम रेमिट्यान्सका प्रबन्ध निर्देशक धीरेन्द्र पन्त र फेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि बुम रेमिटमार्फत विदेशबाट नेपालीले पठाएको रकम फेवा विकास बैंकको २१ वटा शाखाबाट भुक्तानी गरिने जनाइएको छ ।