बैंकले घरेलु तथा साना उद्योगमा अनिर्वाय लगानी गर्नुपर्ने
Post Date : November 13, 2016 | 6:38 pm

काठमाडाैँ, २८ कात्तिक । तनहुँ उद्योग वाणिञ्य संघको स्वर्ण जयन्ती दमौलीमा उद्घाटन गर्दै उद्योगमन्त्री नवीन्द्रराज जोशीले बैंक तथा वित्तीय संस्थाले अनिर्वाय रुपमा घरेलु तथा साना उद्योगमा लगानी गर्नुपर्ने नियम बनाउन लागेको बताउनु भएको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत अनिर्वाय रुपमा लगानी गर्ने नियम बनाउन नेपाल राष्ट्र बैंकसँग छलफल भइसकेको र छिटै कार्यान्वयनमा लैजाने बताउनु भएको छ ।
तनहुँ उद्योग वाणिञ्य संघका अध्यक्ष कृष्णराज पण्डितको सभापतित्वमा कार्यक्रम भएको थियो ।