बैंक अफ काठमाण्डूले बोनस शेयर वितरण गर्ने
Post Date : May 8, 2016 | 12:45 pm

बैंक अफ काठमाण्डूले २६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बैंकको २१औं वार्षिक साधारण सभाले बोनस शेयर वितरण सम्बन्धी प्रस्ताव पारित गरेपछि कार्यान्वयनमा आउने बैंकले जनाएको छ । लुम्बिनी बैंकसँग मर्जर भएपछि बैंकको नाम बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड रहने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।