बैंक अफ काठमाण्डू र एनएलजी इन्सुरेन्सबीच सम्झौता
Post Date : June 29, 2017 | 1:58 pm

काठमाडौँ, १५ असार । बैंक अफ काठमाण्डू लिमिटेड र एनएलजी इन्सुरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवाका लागि सम्झौता भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
सम्झौतापछि बैंकका सम्पूर्ण ग्राहकले निर्जीवन बीमा सेवा सुलभ र छरितो रूपमा बैंकका सबै शाखाबाट उपभोग गर्न सकिने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।