बैंक अफ काठमाण्डू र क्यासवे मनि ट्रान्सफरबीच सम्झौता
Post Date : June 9, 2017 | 3:11 pm

काठमाडौँ, २६ जेठ । बैंक अफ काठमाण्डू र क्यासवे मनि ट्रान्सफरबीच विप्रेषण कारोवारसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख रिसर्च प्रोडक्ट डेभलपमेन्ट एण्ड मार्केटिङ रितेश लामिछाने र क्यासवे मनि ट्रान्सफरका कार्यकारी प्रमुख शैलेन्द्र उपाध्यायले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि क्यासवे मनि ट्रान्सफरमार्फत विदेशबाट पठाएको रकम बैंक अफ काठमाण्डूका सबै शाखाबाट भुक्तानी लिन सकिनेछ ।