बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको शेयर कारोवार शुरु
Post Date : September 29, 2016 | 10:30 am

काठमाडौं, १३ असोज । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको शेयर कारोवार शुरु भएको छ । यसअघि लुम्बिनी बैंकसँगको मर्जरको लागि शेयर कारोवार रोक्का रहेकोमा मर्जर भइसकेकोले शेयर कारोवार शुरु भएको हो ।
बैंकको २६ प्रतिशत बोनस शेयर समायोजन गरी ४ सय ६४ रुपैयामा शेयर कारोवार भएको छ ।
बैंकको मर्जरको लागि शेयर कारोवार बन्द हुँदा ५ सय ८६ रुपैयामा अन्तिम कारोवार भएको थियो ।
बैंकको बजार पूँजीकरण १५ अर्ब ६२ करोड ७३ लाख ३ हजार ९ सय रुपैया पुगेको छ ।
बैंक अफ काठमाण्डूमा लुम्बिनी बैंक गाभिएपछि चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख ९१ हजार रुपैया पुगेको छ ।