बैंक अफ काठमाण्डू लुम्बिनी र सिद्धार्थ ईन्स्योरेन्सबीच सम्झौता
Post Date : November 23, 2016 | 3:19 pm

काठमाडौँ, ८ मङ्सिर । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेड र सिद्धार्थ ईन्स्योरेन्स लिमिटेडबीच बैंक ईन्स्योरेन्स सेवा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौतापछि बैंकका ग्राहकले निर्जीवन बीमा सेवा सुलभ, छिटो छरितो रुपमा सम्पूर्ण शाखाबाट उपभोग गर्न सक्ने बैंकले जनाएको छ ।