भार्गव विकास बैंकको १२ औँ शाखा लमहीमा
Post Date : March 10, 2017 | 2:58 pm

काठमाडौँ, २७ फागुन । भार्गव विकास बैंकले दाङको लमहीमा १२ औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन व्यवस्थापिका संसदका सदस्य योगेन्द्र चौधरीले गर्नु भएको छ ।
बैंकले २०७३ पुस मसान्तसम्म ७७ लाख १८ हजार रुपैयाँ खुद मुनाफा गरेको छ ।
बैंकको हाल चुक्ता पूँजी १४ करोड ४० लाख रुपैयाँ छ भने जगेडा कोषमा ४ करोड ८ लाख रुपैयाँ रहेको छ ।