भिबोर सोसाइटीको खुद मुनाफा ३ करोड ३४ लाख रुपैया
Post Date : November 16, 2016 | 11:41 am

काठमाडौं, १ मंसिर । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको चालु आ.व.२०७३।७४ को पहिलो त्रैमासिकमा ३ करोड ३४ लाख २४ हजार रुपैया खुद मुनाफा गरेको छ । गत आ.व.को यसै अवधिमा भने ३ करोड ३ लाख ८२ हजार रुपैया खुद मुनाफा गरेको थियो ।
बैंकले असोज मसान्तसम्म १४ अर्ब ४० करोड ६० लाख रुपैया निक्षेप संकलन र ११ अर्ब ६७ करोड ६४ लाख रुपैया कर्जा प्रवाह गरेको छ ।
बैंकले यसै अवधिमा ५ करोड ५१ लाख ४१ हजार रुपैया सम्भावित नोक्सानी व्यवस्था गरेको छ भने ४ करोड २५ लाख ४ हजार रुपैया फिर्ता गरेको छ ।
बैंकको चुक्ता पूँजी १ अर्ब ८१ करोड ५० लाख रुपैया रहेको छ ।