भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको खुद मुनाफा २२ करोड ६ लाख रुपैयाँ
Post Date : May 6, 2017 | 4:59 pm

काठमाडौँ, २३ वैशाख । भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्ष २०७३/७४ को तेस्रो त्रैमासिकमा १५ अर्ब ६ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन र १३ अर्ब ५६ करोड ८७ लाख रुपैयाँ कर्जा प्रवाह गरी २२ करोड ६ लाख ५५ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । बैंकको निस्क्रिय कर्जा १.७५ प्रतिशत र कर्जा निक्षेप अनुपात ७३.३५ प्रतिशत रहेको छ ।
बैंकको हाल चुक्ता पूँजी १ अर्ब ८१ करोड ५० लाख रुपैयाँ छ भने जगेडा कोषमा २४ करोड २ लाख रुपैयाँ रहेको छ ।