मञ्जुश्री फाइनान्सका थप दुई शाखा
Post Date : November 22, 2016 | 12:32 pm

काठमाडौँ, ७ मङ्सिर । मञ्जुश्री फाइनान्स लिमिटेडले रुपन्देहीको बुटवल नगरपालिका वडा नं. ६, पाल्पा रोड र कैलालीको धनगढी चौराहमा शाखा स्थापना गरेको छ । यी दुई नयाँ शाखासहित कम्पनीको शाखा संख्या पाँच पुगेको छ । शाखाको उद्घाटन फाइनान्सका अध्यक्ष दामोदर प्रसाद न्यौपानेले गर्नु भएको छ ।
फाइनान्सको यही कार्तिक मसान्तसम्म २ अर्ब ७९ करोड रुपैया निक्षेप संकलन र २ अर्ब ४६ करोड रुपैया कर्जा प्रवाह गरेको छ ।