मनास्लु विकास बैंकको शाखा मनकामनामा
Post Date : January 24, 2017 | 3:29 pm

गोरखा, ११ माघ । मनास्लु विकास बैंकले गोरखाको मनकामना बजारमा १० औँ शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन स्थानीय समाजसेवी ईश्वर मल्लले गर्नु भएको छ ।
बैंकको हाल चुक्ता पूँजी ३० करोड ८३ लाख रुपैयाँ रहेको छ । बैंकले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो त्रैमासिकमा २ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन र १ अर्ब ९४ करोड कर्जा प्रवाह गरी ४ करोड ८४ लाख रुपैयाँ संचालन मुनाफा गरेको बैंकले जनाएको छ ।
गोरखा, तनहुँ र चितवन गरी तीन जिल्ला कार्यक्षेत्र रहेको मनास्लु विकास बैंकको ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्न नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिसमेत पाइसकेको जनाएको छ ।