मनास्लु विकास बैंकको ९ औँ शाखा टाँडी बजारमा
Post Date : September 16, 2016 | 11:55 am

काठमाडौं, ३१ भदौ । मनास्लु विकास बैंकले चितवनको टाँडी बजारमा ९ औँ शाखा विस्तार गरी कारोवार सुरु गरेको छ । बैंकका अध्यक्ष विजय मल्लले शाखाको उद्घाटन गर्नु भएको छ । उद्घाटनको अवसरमा बैंकका अध्यक्ष मल्लले ग्राहक वर्गको चाहना र आवश्यकता अनुसार नै बैंकले वित्तीय सेवा दिइरहेको बताउनु भएको छ ।
नयाँ स्थापना भएको टाँडी बजार शाखाबाट धितो कर्जा, आवास कर्जा, कृषि कर्जा, ब्याज कर्जा, हायर पर्चेज कर्जा लगायतका सेवाहरू ग्राहकले पाउने बैंकले जनाएको छ ।
बैंकले आर्थिक वर्ष २०७२।७३ को असार मसान्तसम्म ६ करोड ९५ लाख रुपैँया मुनाफा गरेको थियो ।