महालक्ष्मी फाइनान्स, सिद्धार्थ फाइनान्स र मालिका विकास बैंक एक आपसमा गाभिने
Post Date : June 15, 2016 | 9:59 am

काठमाडौं ३२ जेठ । महालक्ष्मी फाइनान्स लिमिटेड, सिद्धार्थ फाइनान्स लिमिटेड र मालिका विकास बैंक एक आपसमा गाभ्ने/गाभिने भएका छन् । महालक्ष्मी फाइनान्स लिमिटेडको विशेष साधारण सभाले यी तीन वित्तीय संस्था गाभिएर राष्ट्रिय स्तरको महालक्ष्मी विकास बैंकका रुपमा वित्तीय कारोवार गर्ने प्रस्ताव पारित गरेको छ ।
मर्जरपछि बैंकको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैया पुग्नेछ भने शाखा संख्या ४० पुग्नेछ ।