महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण
Post Date : January 29, 2018 | 9:01 pm

रुपन्देही, ९ माघ । महालक्ष्मी विकास बैँक लिमिटेडले २०७४ माघ ८ गतेदेखि तिलोत्तमा नगरपालिका–६ मणिग्राममा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–४ ट्राफिक चोकबाट स्थानान्तरण भई मणिग्राममा सञ्चालनमा आएको हो । यस शाखाले स्थानीयस्तरमा उत्कृष्ठ सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।
विकास बैँकहरुमा सबैभन्दा बढी चुक्ता पुँजी भएको महालक्ष्मी विकास बैँक लिमिटेडले पौष मसान्तसम्म २५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।