महालक्ष्मी विकास बैंकको सबैभन्दा बढी ग्राहक संख्या
Post Date : September 5, 2016 | 4:56 pm

काठमाडौं, २० भदौ । महालक्ष्मी फाइनान्स लिमिटेड, सिद्धार्थ फाइनान्स लिमिटेड तथा मालिका विकास बैंक एकआपसमा गाभिई महालक्ष्मी विकास बैंकको नामबाट एकीकृत कारोवार सुरु भएको छ । एकीकृत कारोवारको सुरुवात नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गर्नु भएको छ ।
मर्जरपछि महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी १ अर्ब १५ करोड ६२ लाख रुपैया पुगेको छ । बैंकको निक्षेप ११ अर्ब ९४ करोड रुपैया र कर्जा प्रवाह ९ अर्ब ५४ करोड रुपैया पुगेको जनाएको छ । बैंकको शाखा संख्या ४० र एटिएम संख्या ११ पुगेको छ । बैंकको ग्राहक संख्या २ लाख ४ हजार ४ सय ८७ पुगेको छ । ग्राहक संख्याको आधारमा यो विकास बैंक सबैभन्दा ठूलो विकास बैंक भएको जनाएको छ ।