महालक्ष्मी विकास बैंकद्वारा मृगौला रोगीलाई उपचारका लागि ५० हजार रुपैयाँ सहयोग

काठमाडौँ, १३ जेठ । महालक्ष्मी बिकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भक्तपुर शाखाले मिति गत जेठ ११ गते शुक्रबारको दिन काभे्र जिल्ला बेथानचोक वडा नं ६ मा बस्ने ३७ वर्षीय पूर्णमान तामाङ्गलाई मृगौला रोगको उपचारका निमित्त रु. ५०,०००/– सहयोग गरेको छ । उक्त कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक श्री प्रकाश घिमिरेज्यूले तामाङ्गलाई चेक हस्तान्तरण गर्नु भएको हो । मृगौला रोगका लागि मानव अंग प्रत्यारोपण केन्द्रमा उपचार गराउँदै आउनु भएका तामाङ्गको आर्थिक स्थिति निकै कमजोर रहेको हुनाले उपचार खर्चमा सानो सहयोग पुर्याउने उद्देश्यले बैंकले सो सहयोग गरेको बैंकद्वारा जारी प्रेस विज्ञप्तीमा जनाइएको छ ।
बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।