महालक्ष्मी विकास बैंकले ८ प्रतिशत बोनस शेयर दिने
Post Date : December 1, 2016 | 11:50 am

काठमाडौँ, १६ मङ्सिर । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०७२।७३ को मुनाफाबाट आफ्ना शेयरधनीलाई आठ प्रतिशतका दरले बोनस शेयर दिने भएको छ । संचालक समितिको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।
मालिका विकास बैंकमा महालक्ष्मी फाइनान्स लिमिटेड र सिद्धार्थ फाइनान्स लिमिटेड गाभिएपछि बनेको महालक्ष्मी विकास बैंकले तत्कालिन मालिका विकास बैंकको मुनाफाबाट मात्र यो बोनस शेयर वितरण गर्ने निर्णय गरेको जनाएको छ ।
बैंकले ११ अर्ब ४४ करोड रुपैयाँ निक्षेप संकलन र ९ अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैकको हाल १ अर्ब १६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । शाखा संख्या भने ४० रहेको छ ।