महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंकको एकीकृत कारोवार शुरु
Post Date : July 3, 2017 | 12:58 pm

काठमाडौँ, १९ असार । महालक्ष्मी विकास बैंक र यति डेभलपमेन्ट बैंकको एकीकृत कारोवार शुरु भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले एक कार्यक्रमबीच एकीकृत कारोवारको शुभारम्भ गर्नु भयो ।
गाभिएपछि बनेको महालक्ष्मी विकास बैंकको चुक्ता पूँजी २ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, निक्षेप २४ अर्ब २१ करोड रुपैयाँ र कर्जा २० अर्ब २६ करोड रुपैयाँ रहेको जनाइएको छ ।
बैंकको शाखा संख्या ६५ र ३६ वटा एटिएम रहेको छ भने कर्मचारी संख्या ६१९ जना पुगेको छ ।