महालक्ष्मी विकास बैंक लिमिटेडको नाममा एकीकृत कारोवार
Post Date : September 4, 2016 | 2:18 pm

काठमाडौं, १९ भदौ । नेपाल राष्ट्र बैंक, संचालक समितिको निर्णयानुसार साविकका इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरू मालिका विकास बैंक, महालक्ष्मी फाइनान्स लिमिटेड र सिद्धार्थ फाइनान्स लिमिटेड एक आपसमा गाभिएर २०७३ भाद्र १९ गतेका दिनदेखि ‘महालक्ष्मी विकास बैंक लिमिटेड’ नामको ‘ख’ वर्गको राष्ट्रिय स्तरको वित्तीय संस्थाको रूपमा एकीकृत कारोवार गर्न स्वीकृति दिएको छ ।