माउण्ट मकालु डेभलपमेन्ट बैंकले २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने
Post Date : February 16, 2017 | 9:23 am

काठमाडौँ, ५ फागुन । माउण्ट मकालु डेभलपमेन्ट बैंकको २०७३ फागुन ३ गते बसेको संचालक समितिको १२३ औँ बैठकले शेयरधनीलाई २ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने निर्णय गरेको छ । बैंकको आगामी २०७३ फागुन २५ गते बस्ने बार्षिक साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ ।
बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिकसम्म १६ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन र १३ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरी २१ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।
बैंकको हाल चुक्ता पूँजी २ करोड ६० लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९५ लाख ६४ हजार रुपैयाँ छ ।