माछापुच्छ्रे बैंकको डेबिट कार्ड अन्य बैंकहरूको एटिएम बुथ प्रयोग गर्न सकिने
Post Date : July 4, 2016 | 11:22 am

काठमाडौं, २० असार । माछापुच्छ्रे बैंकको डेबिट कार्ड अन्य बैंकहरूको एटिएम बुथ प्रयोग गरेर रकम निकाल्दा ३० रुपैया मात्रै लाग्ने भएको छ । तर यो सुविधा भिसा नेटवर्कको सुविधा लिएका कम्पनीहरूमा मात्रै लागू हुने बैंकले जनाएको छ । माछापुच्छ्रे बैंकको आफ्नै एटिएम बुथबाट रकम निकाल्दा कुनै शुल्क नलाग्ने जनाइएको छ ।