मितेरी डेभलपमेण्ट बैंकले ३१.५८ प्रतिशत लाभांश दिने
Post Date : September 12, 2016 | 2:28 pm

काठमाडौं, २७ भदौ । मितेरी डेभलपमेण्ट बैंकले आफ्ना शेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७२/७३ को मुनाफाबाट ३० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनको लागि १.५८ नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको बोनस शेयर वितरणपछि चुक्ता पूँजी २७ करोड रुपैया पुग्नेछ ।
बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाले पारित गरेपछि मात्रै वितरण गरिने जनाएको छ ।