मितेरी डेभलपमेन्ट बैंकले हकप्रद शेयर निष्काशन गर्ने
Post Date : September 22, 2016 | 11:30 am
काठमाडौं, ६ असोज । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले साविक शेयरधनीहरुका लागि २ शेयर बराबर १ शेयरको अनुपातमा प्रति शेयर रु १०० अंकित दरको १०,५६,३६९.६० कित्ता हकप्रद साधारण शेयर निष्काशनको लागि २०७३ कार्तिक १ गते देखि २०७३ मंसिर १५ गतेसम्म बिक्री खुल्ला गरेको छ ।
शेयरधनीले प्रभु क्यापिटल लिमिटेड कमलादी र मितेरी डेभलपमेन्ट बैंक, धरान तथा बैंकका अन्य कार्यालयबाट शेयर खरिदका लागि रकम बुझाउन सक्नेछन् ।