मितेरी डेभलपमेन्ट बैंकले ३० प्रतिशत बोनस शेयर दिने
Post Date : October 25, 2016 | 1:55 pm

धरान, ९ कात्तिक । मितेरी डेभलपमेन्ट बैंकले आ.व. २०७२/७३ को नाफाबाट आफ्ना शेयरधनीलाई ३० प्रतिशत बोनस शेयर (अर्थात ६ करोड ३३ लाख ८२ हजार १ सय ७६ रुपैया) र कर प्रयोजनको लागि नगद लाभांश ३३ लाख ३५ हजार ९ सय ४ रुपैया दिने भएको छ । बैंकको मिति २०७३ मंसिर ११ गते हुन गइरहेको एघारौँ वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।