मिसन डेभलपमेन्ट बैंकको खुद मुनाफा ५ करोड १३ लाख ८३ हजार
Post Date : August 1, 2016 | 2:05 pm

काठमाडौं, १७ साउन । मिसन डेभलपमेन्ट बैंकले आ. व. २०७२/७३ को असार मसान्तसम्ममा ५ करोड १३ लाख ८३ हजार रुपैंया खुद मुनाफा गरेको छ । अघिल्लो वर्ष बैंकको खुद मूनाफा २ करोड ८१ लख १२ हजार रुपैंया थियो । बैंक गत आ. व. मा २ अर्ब ५ करोड ९ लाख रुपैंया निक्षेप संकलन गरी १ अर्ब ७५ करोड ८७ लाख रुपैंया कर्जा प्रवाह गरेको छ । बैंकको निष्क्रिय कर्जा भने सोही अबधीमा ०.०७% रहेको छ । बैंकको चूक्ता पुँजी १९ करोड ४९ लाख २५ हजार रुपैंया रहेको छ ।