मिसन डेभलपमेन्ट बैंकको १ बराबर १ को अनुपातमा हकप्रद सेयर
Post Date : January 1, 2017 | 12:31 pm

काठमाडौँ, १७ पुस । मिसन डेभलपमेन्ट बैंकले १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले रु १००।– अंकित १९ लाख ४९ हजार ५ सय कित्ता बराबरको १९ करोड ४९ लाख २५ हजार रुपैयाँको हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।