मुक्तिनाथ विकास बैंकले ३४ प्रतिशत बोनस शेयर दिने
Post Date : October 27, 2016 | 4:19 pm

काठमाडौँ, ११ कात्तिक । पोखरामा केन्द्रीय कार्यालय रहेको मुक्तिनाथ विकास बैंकले आ.व. २०७२/७३ को मुनाफाबाट शेयरधनीलाई २०७३ असारसम्मको चुक्ता पूँजी ८३ करोड ८४ लाख ३२ हजार ७ सय पचास रुपैयाको ३४ प्रतिशत बोनस शेयले हुने रकम २८ करोड ५० लाख ६७ हजार १ सय ३५ रुपैया वितरण गर्ने भएको छ ।
त्यस्तै ३४ प्रतिशत बोनस शेयर वितरणपछि कायम हुने चुक्ता पूँजीमा १० कित्ता शेयर बराबर ४ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर समेत निष्काशन गर्ने भएको छ ।
बैंकको आगामी मंसिर ४ गते बस्ने दशौँ वार्षिक साधारण सभाले पारित गरेपछि बोनस शेयर वितरण र हकप्रद शेयर निष्काशनको कार्य कार्यान्वयनमा आउनेछ ।