मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर
Post Date : May 12, 2016 | 9:20 am

काठमाडाैं, ३० बैशाख । लुम्बिनी बैंकले आ.व. २०७१/७२ को मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको १८ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले लुम्बिनी बैंक र बैंक अफ काठमाण्डू आपसमा गाभ्ने र गाभिने सम्बन्धी मूल्याङ्कनसहितको स्वाप रेसियो पारित गरेको छ । गाभिंदा लुम्बिनी बैंकको १०० कित्ता शेयरलाई बैंक अफ काठमाण्डूमा गाभिएपछि ८२.८१ कित्ता शेयर हुने पनि सभाले पारित गरेको छ ।