मेगा बैंक र रेमिट टू नेपालबीच विप्रेषण सम्झौता
Post Date : March 3, 2017 | 2:43 pm

काठमाडौँ, २० फागुन । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राईभेल लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ श्रीचन्द्र भट्टले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौतापछि रेमिट टू नेपालमार्फत विदेशबाट नेपालीले पठाएको विप्रेषण रकम बैंकका देशभर रहेका शाखाबाट भुक्तानी लिन सकिनेछ । रेमिट टू नेपालले विशेष गरी खाडी, जापान र यूरोपबाट विप्रेषण रकम पठाउने जनाइएको छ ।