मेरो माइक्रोफाइनान्स र नेपाल स्टक एक्सचेन्ज बिच शेयर सूचीकरण गर्ने सम्झौता

काठमाडौं, १३ असार । माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड विच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रू १००/– कायम भएको रू. २०,००,००,०००/– बराबरको २०,००,००० कित्ता साधारण शेयर सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीले सर्वसाधारण समक्ष श्री ग्लोबल आइएमई क्यापिटल लि. काठमाण्डौ मार्फत ६,१२,००० कित्ता साधारण शेयर मिति २०७२/११/२७ गते देखि खुल्ला बिक्री आव्हान गरिएको थियो । यसरी सर्वसाधारणहरूमा ५५६,९२० कित्ता, कम्पनीमा कार्यरत कर्मचारीहरूमा २४,४८० कित्ता तथा सामूहिक लगानी कोषमा वितरण गरिएको ३०,६०० कित्ता तथा कम्पनीका संस्थापकहरूले लगानी गरेको १३,८८,००० कित्ता समेत गरी २०,००,००० कित्ता शेयर वितरण भई नेपाल स्टक एक्सचेन्ज लि. मा सूचीकरण भएको छ ।
शेयर सूचीकरण सम्झौता पत्रमा यस संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रामहरि दाहाल र नेपाल स्टक एक्सचेन्ज लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सिताराम थपलियाले हस्ताक्षर गर्नु भयो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ वमोजिम सम्बन्धित कम्पनी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बिच शेयर सूचीकरण हुनुपर्ने र सो को सार्वजनिक सूचना दैनिक प्रकाशित मितिले ७ दिन पश्चात् विधिवत नेपाल स्टक एक्सचेन्ज लि. बाट शेयर ईजाजत प्राप्त सदस्य दलालहरू मार्फत नेपाल स्टक एक्सचेन्ज लि. मा कारोबार हुने प्रक्रिया रहेको छ ।
यस कम्पनीको शेयर सूचीकरणबाट नेपाल स्टक एक्सचेन्ज लि. मा विकास बैंक समूह अन्र्तगत सूचीकृत कम्पनीहरूको संख्या ९७ र कुल सूचीकृत कम्पनीहरूको संख्या २३१ पुगेको छ ।