यति एयरलाइन्सबाट हवाई यात्रा गर्दा यात्रुले ग्यालेक्सी नोट सेभेन बोक्न निषेध
Post Date : September 29, 2016 | 7:34 am

काठमाडौं, १३ असोज । यति एयरलाइन्सले विमानमा यात्रा गर्ने यात्रुलाई विमानमा रहँदा सामसुङ ग्यालेक्सी नोट सेभेन मोबाइल चालउन रोक लगाएको छ ।
एयरलाइन्सले यात्रुहरूलाई जहाज चढेदेखि नउत्रिएसम्म मोबाइल अनिवार्य रूपमा स्वीच अफ गरेर हाते झोलामा बोक्न अनुरोध गरेको छ । यात्रुले आफ्नो लगेजमा समेत उक्त मोबाइल राख्न नपाउने गरी बन्देज गरेको एयरलाइन्सद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।