यती डेभलपमेण्ट बैंक र नेपाल क्लियरिङ्ग हाउस बीच सम्झौता

काठमाडौँ, २१ मङ्सिर । यती डेभलपमेण्ट बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सुविधा उपलब्ध गराउँदै लैजाने क्रममा नेपाल क्लियरिङ्ग हाउस लिमिटेसँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली (NCHL-IPS) सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर शर्मा र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।
NCHL-IPS प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (Direct Credit) र लिने (Direct Debit) जस्ता कारोवारहरु पूर्ण रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । उक्त प्रणाली मार्पmत हुने कारोवार पारदर्शी हुने, अधिकतम संख्यामा हुने कारोवारहरु पनि सहजै गर्न सकिने, जोखिम न्यूनिकरण हुने लगायत अन्तर्राष्ट्रिय स्तरको प्रविधिमा आधारित आधुनिक भुक्तानी सेवाहरु समेत ग्राहकलाई प्रदान गर्न सकिने बैंकले जनाएको छ ।