युट्युबमा ३६० डिग्री घुमाउँदै हेर्न मिल्ने भिडियो
Post Date : May 15, 2016 | 6:57 am

गायक आशिफ शाहले ३६० डिग्री घुमाउँदै हेर्न मिल्ने भिडियो सार्वजनिक गरेका छन् । आफ्नो पुरानै गीत “पहिलो माया” को नयाँ भिडियो ३६० डिग्रीमा हेर्न मिल्ने गरी गायक शाहले तया गरेको हो । उक्त भिडियोमा सञ्जोग कोइराला र स्वस्तिका खड्काले पनि अभिनय गरेका छन् । गीतको भिडियो बेलायती चलचित्रकर्मी एन्डी टेलर स्मिथले छायाङ्कन र सम्पादन गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोका निर्देशक भने असिम शाह र निर्माता विजय अधिकारी हुन् । युट्युबमा सार्वजनिक भिडियो हेर्दा मोबाइलमा औंलाले र कम्प्युटरमा माउसले घुमाउँदै हेर्न सकिन्छ । भिडियोमा गायक शाहका साथमा गितारवादक सोनम पाख्रिन तथा बाँसुरीवादक रुविन कुमार श्रेष्ठ पनि देखिन्छन् ।