यूनिक फाइनान्सले लाभांश दिने प्रक्रिया राष्ट्र बैंकद्वारा स्वीकृत
Post Date : September 9, 2016 | 8:05 am

काठमाडौं, २४ भदौ । नेपाल राष्ट्र बैंकले यूनिक फाइनान्स लिमिटेडको प्रस्तावित १६ प्रतिशत बोनस शेयर र २५ लाख ९ हजार ३ सय ४७ रुपैया (कर प्रयोजन) वितरणको लागि स्वीकृति दिएको छ । सो लाभांश संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने जनाएको छ ।
यूनिक फाइनान्स लिमिटेड, संचालक समितिको २०७३ श्रावण २८ गते बसेको बैठकले उक्त बोनस शेयर दिने निर्णय गरेको थियो ।