यो साता नेप्से परिसूचक घटेर १५३४.०३ अंकमा पुग्यो
काठमाडौँ, १० मङ्सिर । यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३१३३६ कारोबारबाट पाँच अर्ब सात करोड सात लाख रुपैयाँ ६६ हजार बराबरका ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४११९ कारोबारबाट पाँच अर्ब दुई करोड ५४ लाख रुपैयाँ बराबरका ५२ लाख ८७ हजार एक सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६५.५९ अंकले घटेर अन्तिम दिन १५३४.०३ अंकमा पुगेको छ ।
यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।
तालिका: १ साताका सूचकांकहरु
समूह | ५ मंसिर | ६ मंसिर | ७ मंसिर | ८ मंसिर | ९ मंसिर | परिवर्तन |
वाणिज्य बैंंक | १४९१.७३ | १४९९.३७ | १४७७.०२ | १४३९.५५ | १४४२.०९ | -४९.६४ |
विकास बैंंक | १६८१.४४ | १६६७.८ | १६४३.१७ | १६०१.३७ | १५८२.४४ | -९९ |
वित्त | ७६६.७३ | ७७८.९ | ७६५.१२ | ७५१.२५ | ७५२.५३ | -१४.२ |
होटल | २१३०.५८ | २१५२.९९ | २०८६.६४ | १९८३.७२ | २०२५.५१ | -१०५.०७ |
जलविद्युत | २०२३.८९ | २०२३.२४ | १९८९.९९ | १९७४.८२ | १९५३.८ | -७०.०९ |
बिमा | ८२४०.५२ | ८२२९.७९ | ८१०५.६४ | ७७४० | ७४९३.०५ | -७४७.४७ |
उत्पादनमूलक | २२४१.८७ | २२४१.८७ | २२४१.८७ | २२२९.१८ | २२२८.२३ | -१३.६४ |
व्यापार | २०२.७९ | २०३.९१ | २०३.९१ | २०३.९१ | २०३.९१ | १.१२ |
अन्य | ७४२.९९ | ७६३.२४ | ७५३.४ | ७३९.५२ | ७५३.४ | १०.४१ |
फ्लोट इन्डेक्स | ११९.०४ | ११९.३६ | ११७.५२ | ११४.३ | ११३.७५ | -५.२९ |
सेन्सेटिभ इन्डेक्स | ३४५.३५ | ३४६.९७ | ३४१.६९ | ३३२.३५ | ३३१.१७ | -१४.१८ |
नेप्से इन्डेक्स | १५९९.६२ | १६०६.२९ | १५८२.४७ | १५४०.०१ | १५३४.०३ | -६५.५९ |
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ ।यस साता कारोबार रकम (७१ करोड १५ लाख ८० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१९५९ वटा) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।
तालिका: २, कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु:
क्र.सं. | कम्पनीको नाम | कारोबार रकम (रु. दसलाखमा) |
१ | एभरेस्ट बैंक लि. | ७११.५८ |
२ | नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. | ३८४.८ |
३ | शिखर इन्स्योरेन्स कम्पनी लि. | २२२.७१ |
४ | बैंक अफ काठमाण्डौं लुम्विनी लि. | २२१.५४ |
५ | सिद्धार्थ बैंक लि. | १८०.६८ |
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।
सूचीकरण
यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।
सि.नं. | कम्पनीको नाम | सूचिकृत धितोपत्रको किसिम | सूचीकृत धितोपत्र संख्या |
१ | भार्गव विकास बैंक लि. | वोनस | २००००० कित्ता |
२ | मातृभूमी विकास बैंक लि. | वोनस | ७२६०० कित्ता |
३ | ओरियण्टल होटल्स् लि. | वोनस | १३१९५४२.९२ कित्ता |
४ | एन. बी. इन्स्योरेन्स कम्पनी लि. | हकप्रद | १२००००० कित्ता |