यो साता नेप्से परिसूचक घटेर १५३४.०३ अंकमा पुग्यो

Post Date : November 25, 2016 | 4:43 pm

काठमाडौँ, १० मङ्सिर । यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३१३३६ कारोबारबाट पाँच अर्ब सात करोड सात लाख रुपैयाँ ६६ हजार बराबरका ७३ लाख ३५ हजार तीन सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ०.९ प्रतिशत बढी हो । गत साता १५३ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २४११९ कारोबारबाट पाँच अर्ब दुई करोड ५४ लाख रुपैयाँ बराबरका ५२ लाख ८७ हजार एक सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ६५.५९ अंकले घटेर अन्तिम दिन १५३४.०३ अंकमा पुगेको छ ।

यसैगरी समूहगत परिसूचकहरुको उतारचढाव यस प्रकार रहेको छ ।

तालिका: १ साताका सूचकांकहरु

समूह ५ मंसिर ६ मंसिर ७ मंसिर ८ मंसिर ९ मंसिर परिवर्तन
वाणिज्य बैंंक १४९१.७३ १४९९.३७ १४७७.०२ १४३९.५५ १४४२.०९ -४९.६४
विकास बैंंक १६८१.४४ १६६७.८ १६४३.१७ १६०१.३७ १५८२.४४ -९९
वित्त ७६६.७३ ७७८.९ ७६५.१२ ७५१.२५ ७५२.५३ -१४.२
होटल २१३०.५८ २१५२.९९ २०८६.६४ १९८३.७२ २०२५.५१ -१०५.०७
जलविद्युत २०२३.८९ २०२३.२४ १९८९.९९ १९७४.८२ १९५३.८ -७०.०९
बिमा ८२४०.५२ ८२२९.७९ ८१०५.६४ ७७४० ७४९३.०५ -७४७.४७
उत्पादनमूलक २२४१.८७ २२४१.८७ २२४१.८७ २२२९.१८ २२२८.२३ -१३.६४
व्यापार २०२.७९ २०३.९१ २०३.९१ २०३.९१ २०३.९१ १.१२
अन्य ७४२.९९ ७६३.२४ ७५३.४ ७३९.५२ ७५३.४ १०.४१
फ्लोट इन्डेक्स ११९.०४ ११९.३६ ११७.५२ ११४.३ ११३.७५ -५.२९
सेन्सेटिभ इन्डेक्स ३४५.३५ ३४६.९७ ३४१.६९ ३३२.३५ ३३१.१७ -१४.१८
नेप्से इन्डेक्स १५९९.६२ १६०६.२९ १५८२.४७ १५४०.०१ १५३४.०३ -६५.५९

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १४.१८ अंकले घटेर ३३१.१७ अंकमा आईपुगेको छ ।यस साता कारोबार रकम (७१ करोड १५ लाख ८० हजार रुपैयाँ) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (चार लाख ६० हजार कित्ता) को आधारमा सिभिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१९५९ वटा) को आधारमा एभरेस्ट बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

तालिका: २, कारोबार रकमका आधारमा साताका उत्कृष्ठ ५ कम्पनीहरु:

क्र.सं. कम्पनीको नाम कारोबार रकम (रु. दसलाखमा)
१ एभरेस्ट बैंक लि. ७११.५८
२ नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लि. ३८४.८
३ शिखर इन्स्योरेन्स कम्पनी लि. २२२.७१
४ बैंक अफ काठमाण्डौं लुम्विनी लि. २२१.५४
५ सिद्धार्थ बैंक लि. १८०.६८

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

सूचीकरण

यस साता सूचिकरण तर्फ निम्न कम्पनीको शेयर सूचीकृत भएको छ ।

सि.नं. कम्पनीको नाम सूचिकृत धितोपत्रको किसिम सूचीकृत धितोपत्र संख्या
१ भार्गव विकास बैंक लि. वोनस २००००० कित्ता
२ मातृभूमी विकास बैंक लि. वोनस ७२६०० कित्ता
३ ओरियण्टल होटल्स् लि. वोनस १३१९५४२.९२ कित्ता
४ एन. बी. इन्स्योरेन्स कम्पनी लि. हकप्रद १२००००० कित्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *