राप्तीभेरी विकास बैंकले ९.२५ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने
Post Date : June 11, 2017 | 10:40 am

बाँके, २८ जेठ । राप्तीभेरी विकास बैंकले आर्थिक वर्ष २०७२/७३ को मुनाफा १ करोड ३२ लाख ९८ हजार ३ सय रुपैयाँ बराबरको हुने गरी चुक्ता पूँजीको ९.२५ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने भएको छ । बैंक संचालक समितिको निर्णयानुसार आगामी २०७४ साल असार १७ गते शनिबार बस्ने सातौँ वार्षिक साधारण सभामा उक्त प्रस्ताव पेश गरिने भएको छ ।