राष्ट्रिय बाणिज्य बैंकको एटिएम सेवा खोटाङमा
Post Date : May 15, 2017 | 5:37 pm

खोटाङ, १ जेठ । राष्ट्रिय बाणिज्य बैंकले खोटाङमा एटिएम स्थापना गरी संचालनमा ल्याएको छ । हलेसी र ऐंसेलुखर्कका ग्राहकलाई मध्यनजर गर्दै शाखारहित बैंकिङ पनि संचालन गर्ने भएको छ । बैंकमा एटिएम जिल्लामा पहिलो पटक राखिएको हो । एटिएम सालपा विकास बैंकले पनि संचालन गरिरहेको छ ।