राष्ट्रिय बाणिज्य बैकमा प्रहरीका ६६ हजार खाता
Post Date : September 27, 2016 | 4:31 pm

काठमाडौं, ११ असोज । राष्ट्रिय बाणिज्य बैंकमा नेपाल प्रहरीका ६६ हजार कर्मचारीको खाता रहेका छन् । राष्ट्रिय बाणिज्य बैंकको प्रहरी प्रधान कार्यालयसँग भएको सम्झौता अनुसार एक महिनामै प्रहरीको बैंकमा खाता खोलिएको हो ।
सम्झौता अनुसार खोलिएकोे खातामा अब प्रहरीका सबै दर्जाका कर्मचारीले पाउने तलब, भत्ता, रासन बापतको मासिक एक अर्ब ५० करोड रुपैया जम्मा हुनेछ ।
बैंकबाट मात्र तलब भत्ता भुक्तानी हुने हुँदा नगद कारोबारको पनि अन्त्य भएको छ ।