राष्ट्रिय बाणिञ्य बैंकको शाखा बाजुराको कोल्टी बजारमा पुनः स्थापित
Post Date : November 18, 2016 | 2:33 pm
बाजुरा, ३ मङ्सिर । राष्ट्रिय वाणिञ्य बैंकले बाजुरा जिल्लाको कोल्टी बजारमा शाखा पुन स्थापना गरेको छ ।
बैंकले द्वन्द्वका कारण २०५७ सालमा मार्तडीस्थित शाखामा गाभेको थियो । कोल्टी शाखा बन्द भएपछि त्यस क्षेत्रका बासिन्दाले बैंकिङ्ग सेवा लिनका लागि बाजुरा जिल्लाको सदरमुकाम मार्तडी आउनुपर्ने थियो ।
बैंकले मार्तडीमा पुनः शाखा स्थापनासँगै बैंकिङ्ग सेवा सुरु गरेकाले बाजुराका ११ वटा र मुगु, हुम्ला र कालिकोट गाविसका स्थानियवासी लाभान्वित हुने बैंकले जनाएको छ ।