राष्ट्रिय बीमा कम्पनीको खुद मुनाफा २६ करोड १६ लाख रुपैयाँ
Post Date : February 15, 2017 | 8:32 am

काठमाडौँ, ४ फागुन । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७३।७४ को दोस्रो चौमासिकसम्ममा २६ करोड १६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । गत आर्थिक वर्ष २०७२।७३ को यसै अवधिमा १३ करोड ५२ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनीको हाल चुक्ता पूँजी १२ करोड ४४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ९४ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा १ अर्ब ८ करोड ९१ लाख रुपैयाँ छ । कम्पनीले ३६ करोड ३५ लाख रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेको छ ।