राष्ट्रिय बीमा कम्पनीले बोनस शेयर दिने
Post Date : April 19, 2017 | 6:50 pm

काठमाडौँ, ६ वैशाख । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आर्थिक वर्ष २०६०/६१, २०६१/६२ र २०६२/६३ को खुद मुनाफाबाट आफ्ना शेयरधनीलाई क्रमशः ३७, ५१ र २७ प्रतिशतका दरले बोनस शेयर दिने भएको छ ।
राष्ट्रिय बीमा कम्पनीको २०७४ वैशाख २२ गते बस्ने २९ औँ वार्षिक साधारण सभाले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेमा शेयरधनीलाई बोनस शेयर वितरण गरिनेछ ।
राष्ट्रि बीमा कम्पनीको हाल चुक्ता पूँजी १२ करोड ४४ लाख ४० हजार रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९४ करोड ९६ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
बीमा समितिले २०७५ असार मसान्तसम्म निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ पुरयाउनु पर्ने निर्देशन दिएको छ ।