राष्ट्रिय बीमा कम्पनीले ११४.२२ प्रतिशत बोनस शेयर वितरण गर्ने
Post Date : May 7, 2017 | 5:01 pm

काठमाडौँ, २४ वैशाख । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले तीन आर्थिक वर्षको साधारण सभा सम्पन्न गरेको छ ।
राष्ट्रिय बीमा कम्पनीले आर्थिक वर्ष २०६०/६१, २६१/६२ र २०६२/६३ सम्मको ११४.२२ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पूँजी १२ करोड ४४ लाख ३९ हजार रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ पुग्नेछ । त्यस्तै बोनस शेयर जारीपछि एफपिओ जारी गर्ने भएको छ ।