राष्ट्रिय वाणिज्य बैंकको १६५औं शाखा वाणगंगा नगरपालिकामा
Post Date : June 20, 2016 | 12:27 pm

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकामा १६५औं शाखा स्थापना गरेको छ । शाखाको उद्घाटन अर्थ राज्यमन्त्री दामोदर भण्डारीले गर्नु भएको छ ।
उद्घाटनको अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले नयाँ सम्भाव्य क्षेत्रमा शाखा स्थापना गरी वित्तीय पहुँच विस्तार गर्दै जाने बताउनु भयो ।