राष्ट्रिय वाणिज्य बैंकद्वारा आरबीबी स्मार्ट सेवा सुरु

काठमाडौं, ६ भदौ । राष्ट्रिय वाणिज्य बैंकले संसारभर प्रयोग गर्न सकिने गरी आरबीबी स्मार्ट सेवा सुरु गरेको छ । बैंकले आफ्ना २ लाखभन्दा बढी ग्राहकले प्रयोग गरिरहेको मोबाइल सेवालाई उक्त स्मार्ट सेवामार्फत एसएमएस र इन्टरनेट दुवैबाट चलाउन सकिने बैंकले जनाएको छ ।
ग्राहकले यो स्मार्ट सेवाको प्रयोग घरमै बसेर आफ्नो खाताको कारोवार, मौजदात, दुई प्रतिशत छुटमा मोबाइल टपअप रिचार्ज, अन्तर बैंक रकमान्तर, कर्जाको सावाँ ब्याज भुक्तानी, बैंकको शाखा तथा लोकेसनको जानकारी आफ्नै मोबाइलबाट लिन सकिने बैंकले जनाएको छ ।
ग्राहकले आफ्नो मोबाइल एकपटक बैंकमा रजिष्ट्रेसन गरेपछि संसारभर इन्टरनेटको माध्यमबाट सो सेवा लिन सकिने हुँदा समय र लागत दुवै बचाउन सकिनेछ । यो सेवा बैंकको १६८ वटै शाखा र इलेक्ट्रोनिक बैंकिङ्ग विभागबाट वार्षिक रुपमा १ सय ५० रुपैया शुल्क तिरेर लिन सकिने बैंकद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।