राष्ट्रिय वाणिज्य बैंकमा जागीर खान करिब २६ हजारको आवेदन
Post Date : October 18, 2016 | 12:20 pm

काठमाडौं, २ कार्तिक । राष्ट्रिय वाणिज्य बैंकले भदौ १५ गते खुला प्रतिस्पर्धाद्वारा विभिन्न पदमा २ सय ४९ कर्मचारी भर्नाको लागि सार्वजनिक सूचना जारी गरेकोमा आवेदन दिनेको संख्या २५ हजार ९ सय ७१ पुगेको छ ।
बैंकले प्रशासन सहायक प्रबन्धक ६९ जना माग गरेकोमा २ हजार ९७ जनाले, वरिष्ठ सहायक १९ जना मागेकोमा २ हजार ६ सय २१ जनाले, वरिष्ठ सहायक (नगद) ५० जना मागेकोमा ५ हजार ८९ जनाले, वरिष्ठ सहायक (कम्प्युटर) का लागि ६ जना मागेकोमा ३ हजार १७ जनाले, प्रशासन सहायक (चौथो तह) ५५ जना माग गरेकोमा १० हजार ६ सय जनाले र सहायक (नगद, चौथो तह) ५० जना माग गरेकोमा ५ हजार २ सय ४७ जनाले आवेदन दिएका छन् ।