राष्ट्रिय वाणिज्य बैंकले सल्यानको लुहाम बजारमा पुनः सेवा शुरु
Post Date : April 24, 2017 | 12:55 pm

सल्यान, ११ वैशाख । राष्ट्रिय वाणिज्य बैंकले सल्यान जिल्लाको लुहाम बजारमा १५ वर्षपछि सेवा पुनः संचालनमा ल्याएको छ । यसअघि द्वन्द्वका कारणले बैंक २०५८ सालमा विस्थापित भएको थियो । लुहाम शाखा बैंकको १७३ औँ शाखा हो । विस्थापित शाखा तुलसीपुर शाखामा गाभिएको थियो । यसअघि राष्ट्रिय वाणिज्य बैंकले दाङको नारायणपुर, रोल्पाको होलेरी, रुकुमको चौरजहारी लगायतका स्थानमा विस्थापित शाखा पुनस्र्थापना गरिसकिएको जनाएको छ ।