राष्ट्रिय सहकारी बैंकको १३.५ प्रतिशत लाभांश पारित
Post Date : December 5, 2016 | 4:08 pm

काठमाडौँ, २० मङ्सिर । राष्ट्रिय सहकारी बैंकको बार्षिक साधारण सभाले गत आर्थिक बर्ष २०७२।७३ को मुनाफाबाट १३.५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकको शेयर पुँजी ८० करोड रुपैंया रहेको छ । त्यस्तै बैंकले गत आर्थिक बर्ष २०७२।७३ को मसान्त सम्म १० अर्ब ९ करोड रुपैंया निक्षेप संकलन र ७ अर्ब ४७ करोड रुपैंया कर्जा लगानी गरेको छ । बैंकमा ८ हजार ५ सय शेयर सदस्य रहेका छन् ।